काठमाडौं,
परम पावन चौधौं दलाई लामाको ९० औं जन्मोत्सवको अवसरमा उहाँको सु(स्वास्थ्य एवम् दीर्घायुको कामना गरी एक विशेष कार्यक्रमको आयोजना गरिएको छ। काठमाडौं लाजिम्पाट स्थित तिब्बती वेलफेयर कार्यालयको आयोजनामा आइतबार जावलाखेल ह्यान्डिक्राफ्ट सेन्टरमा सो कार्यक्रमको आयोजना गरिएको हो। चुवार डोफेलिङ गुम्बाका प्रमुख श्रद्धेय कान्त्से रिन्पोछे प्रमुख अतिथिको रूपमा रहनुभएको कार्यक्रममा अमेरिकी दूतावासका प्रतिनिधि, तिब्बती वेलफेयर कार्यालयका सदस्यहरू सहित परम पावन चौधौं दलाई लामाका अनुयायीहरूको सहभागिता रहेको थियो। कार्यक्रममा तिब्बती परम्परा अनुसार दलाई लामाको उच्च श्रद्धाभाव व्यक्त गर्दै खादा तथा विविध पूजासामग्रीहरू अर्पण गरिएको थियो।
दलाई लामाको तस्बिरसहितको शोभायात्रा पश्चात कार्यक्रम आरम्भ भएको कार्यक्रममा तिब्बती वेलफेयर कार्यालय काठमाडौंका प्रतिनिधि त्यस्प्री लोपन रुल्कु नगावाङ चोकडुप द्वारा शुभकामना सहितको स्वागत मन्तव्य प्रस्तुत गरिएको थियो। यस्तै कार्यक्रममा ूभोइस फर द भोइसलेसू नामक पुस्तक पनि विमोचन गरिएको थियो।वैदेशिक कूटनीतिका राजदूतहरू सहित हजार भन्दा बढी श्रद्धालुहरूको सहभागिता रहेको कार्यक्रमको अन्त्यमा परम पावन चौधौं दलाई लामाको सु(स्वास्थ्य एवम् दीर्घायुको मंगल कामना गरी नेपालमा रहेका अनुयायीहरूले एक विशेष कार्यक्रमको आयोजना गरेका थिए। परम पावन १४ औं दलाई लामाको जन्म तिब्बतको उत्तर–पूर्वी भागमा रहेको अम्दो भन्ने ठाउँमा सन् १९३५ मा भएको थियो। उहाँलाई २ वर्षको उमेरमा १३ औं दलाई लामाको पुनर्जन्मको रूपमा पहिचान गरिएको थियो। परमपावनलाई अवलोकितेश्वरको अवतार रूपमा पनि पूजिने गरिन्छ। उहाँलाई सन् १९४० मा तिब्बतको ल्हासामा १४ औं दलाई लामाको रूपमा गद्दी आरोहण गराइएको थियो। उहाँले हिमाली महायान वज्रयान बुद्धधर्मको चिरस्थायित्वका लागि तिब्बतमा अतुलनीय योगदान पुर्याउँदै आइरहनुभएको छ।

सन् १९५९ को राजनीतिक परिवर्तनसँगै उहाँ भारतको हिमाञ्चल प्रदेशको धर्मशालामा रहँदै आइरहनुभएको छ। १४ औं दलाई लामाले बुद्धधर्म र आधुनिक विज्ञानबीचको गहिरो सम्बन्धको व्याख्या गर्दै विश्वभर शान्ति र करुणाको सन्देश फैलाउनुभएको छ। उहाँलाई सन् १९८९ मा नोबेल शान्ति पुरस्कारले समेत सम्मान गरिएको थियो।परम पावन १४ औं दलाई लामाको ९० औं जन्मोत्सवको अवसरमा भारत लगायत संसारभर उहाँका अनुयायीहरूले उहाँको सु-स्वास्थ्य र दीर्घायुको कामना गर्दै जन्मोत्सव मनाएका छन्। उहाँको ९० औं जन्मोत्सवको अवसरमा धर्मशालामा आयोजित एक विशेष कार्यक्रमको माझ परम पावनले यो लोक तथा जगतको हितार्थ र बुद्ध धर्मको निरन्तरताका लागि आफ्नो पुनर्जन्मलाई निरन्तरता दिने उद्घोष गर्नुभएको छ।