विश्व शान्ति विहारमा प्रव्रज्या कार्यक्रमको आयोजना ।

img

काठमाडौं,
काठमाडौंको बानेश्वरस्थित विश्व शान्ति विहारमा प्रव्रज्या कार्यक्रमको आयोजना गरिएको छ। सोमबार विहारको प्राङ्गणमा उपाध्याय भिक्षुहरूद्वारा नव श्रामणेहरूको केश छेदन गरी, अखिल नेपाल भिक्षु महासंघका अध्यक्ष श्रद्धेय भिक्षु धम्मशोभन महास्थविर, महासंघका कोषाध्यक्ष तथा विश्व शान्ति विहारका प्रमुख श्रद्धेय भिक्षु बोधिज्ञान महास्थविर, संघका सचिव श्रद्धेय भिक्षु निग्रोध महास्थविर लगायत श्रद्धेय भिक्षुहरूको समुपस्थितिमा प्रव्रज्या कार्यक्रम सम्पन्न गरिएको थियो।
सो अवसरमा श्रद्धेय भिक्षु बोधिज्ञान महास्थविरले प्रव्रजित हुनुको महत्वबारे जानकारी दिँदै, प्रव्रज्या कार्यक्रममार्फत बौद्ध धर्मप्रतिको आस्था अभिवृद्धिमा टेवा पुग्ने आशा व्यक्त गर्नुभयो। विहारमा आयोजित उक्त कार्यक्रममा ललितपुर, उदयपुर, धनकुटा, मकवानपुर र मोरङ जिल्लासहित दुई जना विदेशी बौद्ध राष्ट्रका सहभागीसमेत गरी १२ जना नव श्रामणेहरू प्रव्रजित भएका हुन्। कार्यक्रममा श्रद्धेय भिक्षुसंघद्वारा श्रावक प्रव्रज्याको याचनापाठ गराई, धम्मदायादहरूलाई दश शील प्रदान गरिएको थियो। त्यसपछि सहभागीहरूले श्रावक ९श्रावणेर० प्रव्रज्या प्राप्त गरेका थिए। वि।सं। २०४१ सालमा स्थापना भएको विश्व शान्ति विहारमा समय९समयमा यस्ता प्रव्रज्या कार्यक्रमहरू आयोजना हुँदै आएका छन्।