गुरुपुर्णिमाको अवसरमा ऐतिहासिक स्वयम्भु महाचैत्यमा पेँटा पूजासँगै चर्या नृत्यको आयोजना ।

img

काठमाडौं,
गुरुपूर्णिमाको अवसरमा ऐतिहासिक स्वयम्भु महाचैत्यमा पेंटा पूजासँगै चर्या नृत्यको आयोजना गरिएको छ । वज्रयान बौद्ध धर्मका चार मार्ग—क्रिया, चर्या, योग र अनुत्तरयोग—मध्ये ध्यान–नृत्यका रूपमा परिचित चर्या नृत्यलाई जनसाधारणसम्म पुर्‍याउने उद्देश्यले नेपाल डान्स एकेडेमीद्वारा स्वयम्भु महाचैत्यमा बिहीबार पेंटा पूजासँगै चर्या नृत्यको आयोजना गरिएको हो । चर्या नृत्य गर्दा साधकले आफूलाई वज्रयानी देवी–देवता मान्दै चर्या गीतमा हातको मुद्रा र शरीरका विभिन्न भागहरूको हाउभाउ झल्किने किसिमले चर्या नृत्य गर्ने गर्दछन् । विगतमा केवल गुह्य रूपमा वज्रयानी विहार भित्रको आँगनमा मात्रै सीमित भएर प्रस्तुत गरिंदै आएको चर्या नृत्य अहिले विद्यालय लगायत विभिन्न स्थानहरूमा चर्या नृत्य गरिंदै आएको छ ।
कुनै पनि मनोरञ्जनको लागि नभई गहिरो ध्यानभाव जागृत गर्न, मन–चित्तलाई एकाग्र र करुणामय बनाउने साधना स्वरूप चर्या नृत्य गर्ने गरिन्छ ।