बुद्धिष्ट चु जी च्यरिटी फाउन्डेसनद्वारा सञ्चालित निःशुल्क स्वास्थ्य शिविर थप प्रभावकारी।

img

काठमाडौँ,
अन्तर्राष्ट्रिय परोपकारी संस्था बुद्धिष्ट चु जी च्यरिटी फाउन्डेसनले सञ्चालन गर्दै आएको निःशुल्क स्वास्थ्य शिविरले स्थानीय जनजीवनमा सकारात्मक प्रभाव बढाउँदै आइरहेको छ। श्रावण महिनाको सुरुवातमा २० औँ हप्तामा प्रवेश गरेको सो शिविरबाट अहिलेसम्म १५०० विरामीले स्वास्थ्य लाभ लिइसकेका छन् भने शिविरमा सहभागी बिरामीमध्ये करिब २५ प्रतिशतले प्राप्त सेवाप्रति पूर्ण सन्तुष्टि व्यक्त गरेका छन्।
नियमित स्वास्थ्य जाँच, निःशुल्क औषधि वितरण र विशेषज्ञ डाक्टरहरूको परामर्शले ग्रामीण तथा शहरी दुवै क्षेत्रका विरामीहरूमा सकारात्मक प्रभाव बढाउँदै आइरहेको छ। सो शिविरमा पछिल्लो समय बिरामीहरूको चाप निरन्तर बढ्दो देखिएपछि फाउन्डेसनले अब हप्ताको दुई दिनसम्म शिविर सञ्चालन गर्ने निर्णय गरेको छ। निःशुल्क स्वास्थ्य शिविरको माध्यमबाट आफूलाई लागेका जटिल रोगहरूको चेकजाँच गरी समयमै समस्या समाधान गर्न पाएकोमा विरामीहरू यसरी खुसी व्यक्त गर्नुहुन्छ। निःशुल्क स्वास्थ्य शिविर केवल चिकित्सा सेवा मात्रै नभई सामाजिक परोपकारी र सबैमा समान सेवा पहुँच सुनिश्चित गर्ने प्रयास पनि रहेको छ। जसको माध्यमबाट बिरामीको उपचारसँगै शिक्षा सहितको सचेतना अभियानमार्फत दीर्घकालीन रोग नियन्त्रणमा सहयोग पुग्ने विश्वास गरिएको छ।
बुद्धिष्ट चु जी च्यरिटी फाउन्डेसनको निःशुल्क स्वास्थ्य शिविरले भगवान बुद्धका शिक्षा र फाउन्डेसनका संस्थापक श्रद्धेय चङ्येन गुरुआमाको सदिक्षा अनुसार सामाजिक न्याय र करुणाका आधारमा जन–जनसम्म शिक्षा सहितको स्वास्थ्य सेवा पुर्‍याउँदै आइरहेको छ।