निःशुल्क स्वास्थ्य शिविर २१ औं हप्तामा प्रवेश, हजारौं विरामी लाभान्वित ।

img

काठमाडौं,
अन्तर्राष्ट्रिय परोपकारी संस्था बुद्धिस्ट चु जी च्यारिटी फाउन्डेसनद्वारा सञ्चालित निःशुल्क स्वास्थ्य शिविर २१ औं हप्तामा प्रवेश गरेको छ। बुद्धिस्ट चु जी च्यारिटी फाउन्डेसनको कार्यालय काठमाडौंमा विगत चार महिना देखि प्रत्येक महिनाको शुक्रवार नियमित रुपमा सञ्चालन हुँदै आइरहेको निःशुल्क स्वास्थ्य शिविर श्रावणको दोस्रो हप्ता २१ औं हप्तामा प्रवेश गरेको छ। सो शिविरबाट नाक, कान, घाँटी, हाडजोर्नी, महिलारोग, बालरोग, सहित विभिन्न रोगका हजारौं बिरामीहरूले स्वास्थ्य लाभ लिइरहेका छन्।
२१ औं हप्तामा प्रवेश गरेको सो शिविरबाट अहिलेसम्म दुई हजार बिरामीले स्वास्थ्य लाभ लिइसकेका छन् भने शिविरमा सहभागी बिरामीमध्ये करिब ३० प्रतिशतले प्राप्त सेवाप्रति पूर्ण सन्तुष्टि व्यक्त गरेका छन्। नियमित स्वास्थ्य जाँच, निःशुल्क औषधि वितरण र विशेषज्ञ डाक्टरहरूको परामर्शले ग्रामीण तथा शहरी दुबै क्षेत्रका बिरामीहरूमा सकारात्मक प्रभाव बढाउँदै आइरहेको छ भन्ने कुरा स्वास्थ्य चेकजाँच गर्न आउनुभएका बिरामीहरूबाट सहजै बुझ्न सकिन्छ। बुद्धिस्ट चु जी च्यारिटी फाउन्डेसनको निःशुल्क स्वास्थ्य शिविरले भगवान बुद्धका शिक्षा र फाउन्डेसनका संस्थापक श्रद्धेय चङ्येन गुरुआमाको सदिच्छा अनुसार सामाजिक न्याय र करुणाका आधारमा जन–जनसम्म शिक्षा सहितको स्वास्थ्य सेवा पुर्‍याउँदै आइरहेको छ। 
निःशुल्क स्वास्थ्य शिविर केवल चिकित्सा सेवा मात्रै नभएर सामाजिक परोपकारी र सबैमा समान सेवा पहुँच सुनिश्चित गर्ने प्रयास पनि रहेको छ। जसको माध्यमबाट बिरामीको उपचारसँगै शिक्षा सहितको सचेतना अभियान मार्फत दीर्घकालीन रोग नियन्त्रणमा सहयोग पुग्ने विश्वास गरिएको छ।