अन्तर्राष्ट्रिय परोपकारी संस्था बुद्धिष्ट चु जी च्यारिटी फाउण्डेशनद्वारा आयोजित स्वयंसेवक तालिम समापन ।

img

काठमाडौं,
अन्तर्राष्ट्रिय परोपकारी संस्था बुद्धिष्ट चु जी च्यारिटी फाउण्डेशनद्वारा आयोजित स्वयंसेवक तालिम समापन भएको छ । शनिवार काठमाडौंमा फाउण्डेशनका स्वयंसेवकहरूलाई बुद्ध शिक्षा र बोधिचर्यालाई व्यवहारमा कसरी उतार्ने र फाउण्डेशनको नियमबारे जानकारी प्रदान गरिएको छ ।
 सो तालिमको पहिलो चरणमा सैद्धान्तिक विषयवस्तुमा आधारित रहेर प्रशिक्षण दिने गरिएको छ । जसअन्तर्गत बुद्ध शिक्षा, फाउण्डेशनका संस्थापक श्रद्धेय चङ्येन गुरुआमाले सिकाउनुभएका कुशल कर्महरू, फाउण्डेशनका नियमहरूका विविध विषयबारे प्रशिक्षण प्रदान गरिएको थियो । श्रद्धेय चङ्येन गुरुआमाले भगवान् बुद्धको जन्मभूमिलाई केही फिर्ता दिनु पर्छ भनी आफ्ना स्वयंसेवकहरूलाई सक्रिय रूपमा खटाउनु भएको छ । भगवान् बुद्धले गृहस्थ उपासक–उपासिकाहरूका लागि देशना गर्नुभएको पञ्चशीलको सिद्धान्तलाई दैनिक जीवनमा अनिवार्य रूपमा पालन गर्नुपर्ने, आफ्नै पोशाकमा समाज सेवाका लागि तोकिएको कार्यक्षेत्रमा खटिनुपर्ने न्यूनतम सर्तका साथ संसारभरि चु जी का लाखौँ स्वयंसेवकहरू कार्यरत छन् ।
अन्तर्राष्ट्रिय परोपकारी संस्था बुद्धिष्ट चु जी च्यारिटी फाउण्डेशन भगवान् बुद्धका शिक्षालाई आधार बनाएर सन् १९९६ मा ताइवानका श्रद्धेय चङ्येन गुरुआमाले स्थापना गर्नुभएको सामाजिक परोपकारी संस्था हो । त्यसकारण जोसुकै इच्छुक व्यक्तिहरू सो फाउण्डेशनमा सहजै रूपमा आवद्ध हुन सक्नेछन् ।