काठमाडौं,
नेवाः बौद्ध समुदायमा महत्वपूर्ण मानिने गुँला पर्वको अवसरमा विभिन्न स्थानमा रहेका विहार एवम् चैत्यहरूमा भगवान बुद्धका विविध विषयमा गुँला पर्व विशेष धर्मदेशना कार्यक्रम भैरहेको छ । यसैक्रममा, यसैगरी नगरमण्ड स्थित श्रीकिर्ति विहारमा विहार परिवारद्वारा आयोजित वर्षावास धर्मदेशना जारी छ । सो क्रममा बिहीवार श्रद्धेय भिक्षु कोशलबाट बुद्ध पूजा भएर सप्त आर्यधन बारे देशना भएको थियो ।
यस्तै गुँला पर्वको अवसरमा ऐतिहासिक, धार्मिक, सांस्कृतिक स्थल स्वयम्भू महाचैत्यमा आयोजित चैत्य व्रत र पूजा जारी छ । गुँला पर्वको अवसरमा स्वयम्भू व्यवस्थापन तथा संरक्षण महासमितिद्वारा आयोजना गरिएको कार्यक्रममा उपासिकाहरू चैत्य व्रत बसी प्रत्येक दिन गुरुजुबाट भगवान बुद्ध र हारती अजिमाँको फरक–फरक विषयमा देशना श्रवण गरिरहेका छन् । गुँला पर्वको मुख्य उद्देश्य बौद्ध धर्मका अनुयायीहरूको चित्त शुद्धि, धार्मिक आस्था बलियो बनाउनु र पुण्य कमाउनु हो । यस पर्वले भगवान बुद्धका शिक्षाहरूलाई पुनःजीवित गरेर धार्मिक आस्था बलियो बनाउने काम गर्दछ ।