मझिम निकाय अन्तर्गत मझिम पन्नासकामा उल्लेख धन्नञ्जानी सूत्रबारे देशना।

img

काठमाडौं,
श्रद्धेय भिक्षु कोण्डञ्ञ महास्थविरद्वारा मझिम निकाय अन्तर्गत मझिम पन्नासकामा उल्लेख धन्नञ्जानी सूत्रबारे देशना भएको छ । गुँला पर्व सुरु भएसँगै सो विहारमा विहारका आवासीय श्रद्धेय भिक्षु सहित विभिन्न स्थानमा रहेका विहारका श्रद्धेय भिक्षु, श्रद्धेय गुरुमाँहरूबाट फरक–फरक विषयमा देशना हुँदै आइरहेको छ । यसै क्रममा शुक्रवार श्रद्धेय भिक्षु कोण्डञ्ञ महास्थविरले धन्नञ्जानी सूत्रबारे देशना दिनुभएको हो । सो क्रममा श्रद्धेय भिक्षुले धन्नञ्जानी सूत्रमा उल्लेख भए अनुसार अन्तिम अवस्थामा पुग्नुभएका धन्नञ्जानी ब्राह्मणलाई सारिपुत्र महास्थविरले मनलाई शान्त हुने हेतुले मैत्री, करुणा, मुदिता, उपेक्षा र चतुर्ब्रह्मविहारका विषयमा देशना गर्नुभएको र धन्नञ्जानी ब्राह्मण ब्रह्मलोकगामी भएकोबारे बताउनुभयो । धर्मदेशना गर्नु पूर्व श्रद्धेय भिक्षु सुद्धिकोबाट बुद्ध पूजा भएको थियो भने धर्मदेशना दिनुहुने श्रद्धेय भिक्षु कोण्डञ्ञ महास्थविरबाट शील प्रदान गरिएको थियो । कार्यक्रमको अन्त्यमा सर्व सत्त्व प्राणीको पुण्य हेतु पुण्यानुमोदनका साथै दान प्रदान गरी कार्यक्रम समापन गरिएको थियो ।