काठमाडौं,
ललितपुर कुपण्डोलस्थित प्रतिभा समाज साटोआकि स्मृति भवनमा बोधि वृक्ष सिमाक्ये अन्तरक्रिया कार्यक्रमको आयोजना गरिएको छ।
सोमवार आयोजना गरिएको कार्यक्रममा लुम्बिनीमा अवस्थित राजकीय विहारका प्रमुख श्रद्धेय भिक्षु सागर धम्म महास्थविर सहित श्रद्धेय भिक्षुहरू, प्रतिभा समाजका पदाधिकारीहरू सहित सल्लाहकार प्राध्यापक डाक्टर बज्रराज शाक्य, बौद्ध विद्वान वसन्त मर्हजन, रिना वनियाँ तुलाधर लगायत विशिष्ट व्यक्तिहरूको सहभागिता रहेको थियो। सो अवसरमा उपस्थित वक्ताहरूले खस जातिको उत्पत्ति र विकास, बुद्ध धर्मसँगको सम्बन्ध लगायतका विषयमा छलफल भएको थियो। सो क्रममा खस जातिको विषयमा पुस्तक समेत प्रकाशन गर्नुभएका वसन्त मर्हजनले खस जातिको ऐतिहासिक पृष्ठभूमि र खस जातिको बुद्ध धर्मसँगको गहिरो सम्बन्ध रहेको बारे बताउनु भयो।
प्रतिभा समाजले बुद्ध धर्म र नेवाः साहित्यको विषयलाई लिएर विभिन्न कार्यक्रमहरूको आयोजना गर्दै आइरहेको छ। त्यसकारण बुद्ध धर्मका कार्यक्रमलाई ुबोधि वृक्ष सिमाक्येु र नेवाः साहित्यका कार्यक्रमलाई ुसाहित्य फल्चाु भनेर नामाकरण गरिएको छ।