एक दिवसीय पवित्र महापरित्राण पाठको आयोजना

img

काठमाडौं,
स्वयम्भू स्थित आनन्दकुटिविहारमा एक दिवसीय पवित्र महापरित्राण पाठको आयोजना गरिएको छ ।   काठमाडौं कालीमाटी निवासीबौद्ध उपासिका नानीछोरी मानन्धरको जक्वको अवसरमा मानन्धर स परिवारद्धारा सुख शान्ति,समृद्धि र दिर्घायुको कामना गरी पवित्र महापरित्राण पाठको आयोजना गरिएकोहो ।
महापरित्राण पाठ गर्नाले चारै  तिरबाट आउने भयअन्तरा तथा कठिनाइहरु नष्ट भएर जाने विश्वास रहेको छ ।त्यसकारण विश्वमाशान्तिहोस्, पारिवारमा सद्भावफैलियोस् र आयु आरोग्यएवम् निरोगीताको कामना गरी विहारका आवासिय श्रद्धेय भिक्षुहरु र विभिन्न विहारका श्रद्धेय भिक्षुहरुको सहभागीतामा महापरित्राण पाठ गरिएको हो । सो अवसरमा श्रद्धेयभिक्षु सोमरतनबाट महापरित्राणको अर्थ र महत्वबारे धर्मदेशना भएको थियो ।  धर्मदेशना पश्चात श्रद्धेय  भिक्षुबाट विश्वशान्तिको कामनाका साथैं सुख, शान्तिर समृद्धिको कामना गरी सामुहिक र युगल पाठ भएको थियो ।  पाठ सुरु गर्नुपुर्व दाता परिवारका सदस्यहरु र श्रद्धालुहरु बाट महापरित्राण पुस्तक र बुद्ध प्रतिमालाई अत्यन्त श्रद्धाका साथ शीरमा राखी विहार परिसरमा परिक्रमा गरिएको थियो । परिक्रमापश्चात बुद्ध प्रतिमा र परित्राण पुस्तकलाई महापरित्राण पाठका लागि निमार्ण गरिएको मण्डपमा प्रतिस्थापन गरे पश्चात औपचारिक महापरित्राण पाठ कार्यक्रमको शुरुवात भएको थियो। 
महापरित्राणमा मानवजीवन उन्नति हुने कारणहरु रहेकामंगल सूत्र, भय, अन्तराय हटाउने उद्देश्यले पाठ गर्ने रत्न सुत्र, सकारात्मक सोच वृद्धि हुने मैत्री सुत्र लगायत सुत्रहरु रहेका छन् ।लोकहितको कामना गरी शुद्ध चित्तले पाठ गर्ने र श्रवण गर्नाले चारै दिशाबाट उत्पन्नहुने भय, रोग, व्याधी, अशान्त हट्ने जनविश्वास रहेको छ ।